मकवानपुर । जिल्ला मकवानपुर बकैया गाउँपालिका–५ तिनतलेस्थित सेराव घिसिङको घरमा विद्युत सर्टका कारण आगलागि भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हिजो असोज २५ गते साँझ करिब ६:२० बजे ब्लकले बनेको टायलको छानो भएको एकतले घरमा अचानक आगलागी भएको हो।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी चौकी गरगरेबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा करिब ६स्५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको जनाइएको छ।
आगलागीबाट कुनै मानविय तथा चौपायाको क्षति नभएको भए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ।
उक्त स्थान इलाका प्रहरी चौकी गरगरेबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्दछ।
प्रतिकृया दिनुहोस्















