भीमफेदी कारागारले तोक्यो फरार कैदीबन्दीलाई सम्पर्कमा आउन समयसीमा, नआए सजाय थप्ने चेतावनी

मकवानपुर । मकवानपुरको भीमफेदी कारागार कार्यालयले गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन समयसीमा तोकेको छ । कारागार प्रशासनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्ममा कारागारमा फर्किन अन्तिम समय तोकेको हो ।

कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई तोकिएको समयभित्र नफर्के थप सजाय हुने चेतावनी समेत दिएको छ । साथै प्रशासनले जारी गरेको सूचनामा सो समय भित्र फर्की नआए कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुन बमोजिमको थप सजाय हुने उल्लेख छ ।

कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा कुनै पनि किसिमको आश्रय दिने व्यक्तिलाई समेत कसुरदार मानी प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि जनाइएको छ ।

यसैगरी, प्रशासनले फरार कैदीबन्दीहरूको खोजी कार्यमा सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ ।

उक्त कार्यमा सहयोग तथा सूचना आदानप्रदानका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति गठन गरेको छ । जसमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान अधिकृत, सरकारी वकिल र कारागार प्रशासक सदस्य रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन जी प्रद्र्धशनपछि कारागार तोडफोड गरी कैदीबन्दीहरु फरार भएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.