मुख्यमन्त्रीद्वारा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् ।गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा क्षति भएको प्रदेश सरकार अन्तर्गतका संरचनाहरूको उनले बिहीबार निरीक्षण गरेका हुन् ।

उनले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायको निरीक्षण गरेका थिए ।

जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका ९ मन्त्रालय तथा मातहतका कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो । तोडफोड र आगजनीबाट प्रादेशिक कार्यालयहरूको संरचना तथा सवारी साधनमा समेत क्षति पुगेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.