हेटौंडा । राक्सिराङ गाउँपालिकाका विभिन्न वडाका २५ जना किसानलाई नारी सीप सृजना केन्द्र हेटौंडाले बाख्रा वितरण गरेको छ । मंगलबार गाउँपालिकाको वडा नं. १, २, ४ र ८ का २५ परिवारलाई उन्नत प्रजातिको बाख्रा वितरण गरिएको हो ।
राक्सिराङका ७ वटा वडाहरुमा मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत विभिन्र कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रले किसानहरुको आयआर्जन बृद्धि गर्ने र जीवनस्तर सुधार गर्ने उद्धेश्यले बाख्रा वितरण गरेको हो । गाउँपालिकाको वडा नं। १ का ५ जना, २ को ८ जना ४ को ४ जना र ८ को ८ जना किसानलाई बाख्रा वितरण गरिएको हो ।
केन्द्रले ती किसानहरुलाई बाख्रापालनसम्बन्धि तालिमसमेत प्रदान गरिएको थियो । तालिमको समापनपश्चात बाख्रा वितरण गरिएको संस्थाका परियोजना ब्यवस्थापक ज्योति बम्जनले जानकारी दिइन् । पशुपालनमार्फत विपन्न समुदायको आयआर्जनमा सहयोग पुर्याउने उद्धे्रश्यले पहिला तालिम प्रदान गरेर बाख्रा वितरण गरिएको उनले बताइन् ।
बाख्रा वितरण संस्थाका प्रमुख कार्यकारी निर्देशक प्रबिन बास्तोला, कर्मचारी तथा राक्सिराङ गाउँपालिकाका जनप्रतिधिको उपस्थितिमा वितरण गरिएको हो । नारी सीपले राक्सिराङका विभिन्न ७ वटा वडाहरूमा जिविकोपार्जन, विकास निर्माण तथा विभिन्न सचेतनामुलक सम्बन्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।















