जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा रोट्रयाक्ट क्लब अफ मकवानपुरद्वारा दीप प्रज्वलन

हेटौँडा । जेनजी समूहको आन्दोलनको क्रममा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोट्रयाक्ट क्लब अफ मकवानपुरले दीप प्रज्वलनको आयोजना गरेको छ । आइतबार साँझ हेटौंडा–२, संगमचोकमा श्रद्धाञ्जलीसहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मकवानपुरका पदाधिकारी एवम् सदस्यसहित सर्वसाधारणको समेत सहभागिता रहेको थियो । रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष अमितकुमार सिंहले जेनजी आन्दोलनको क्रममा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे ।

यस्तै, सहिदको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन् । जेनजीको आन्दोलनसँगै अब मुलुक नयाँ युगमा प्रवेश गर्ने र मुलुकको विकास एवम् समृद्धि हुने आम नेपालीको विश्वास रहेको अध्यक्ष सिंहको भनाई थियो ।

रोट्रयाक्ट क्लब अफ मकवानपुरका  मनोज राईको संयोजकत्वमा, मेम्बरसिप चेयर रविना घिमिरेले सञ्चालन गरेको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्षहरु क्रमशः विजय पौडेल, प्रतिक्षा न्यौपाने, प्रदीपकुमार राई, राजन कटुवाल, निवर्तमान अध्यक्ष सृजना लामिछाने, रोटरी क्लव अफ मकवानपुरका पूर्व अध्यक्ष कृष्णबहादुर कार्की, विजयलाल श्रेष्ठसहित रोट«याक्टका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.