मकवानपुरमा हट्यो निषेधाज्ञा तथा कर्फ्यू

मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा तथा कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक विज्ञप्ति जारी गर्दै शनिबार (आज) बिहान १०:०० देखि लागू हुनेगरी निषेधाज्ञा तथा कर्फ्यू हटाइएको जानकारी दिएको छ ।

पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमश: सामान्यीकरण हुँदै गएपछि कर्फ्यू हटाइएको बताइएको छ ।

मकवानपुरमा मंगलबारदेखि पटकपटक गरि अनिश्चितकालिन तथा अद्यावधिक कर्फ्यू लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.