मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमेरो पानीस्थित किराना पसल अगाडि चट्याङ लागेर एक जनाको ज्यान गएको छ।
हिजो भदौ २० गते बेलुकी अकस्मात परेको चट्याङ लाग्दा हेटौंडा–१६ सानो आकाशधारा घर भई बाराको निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, हेटौंडा १५, स्थित बुद्ध बहादुर किराना पसल आउँदै गर्दा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा खटिएको टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।
प्रतिकृया दिनुहोस्















