मकवानपुरमा २१२ किलोभन्दा बढी गाँजा बरामद

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आज बिहान करिब १ः५० बजे हेटौँडा उपमहानगरपालिका–३ च्यानडाडाँस्थित भीत्रि जंगलको बाटोमा गाँजा सार्दैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको टोलीले उक्त गाँजा फेला पारेको हो ।

प्रहरी देखेपछि करिब ७–८ जना मानिसहरूले बोकेको गाँजाको भारी फालेर जंगलतर्फ फरार भएको र सोही अवस्थामा फेला परेको गाँजालाई तोल्दा २१२ किलो ८६० ग्राम पुगेको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि सुरक्षित राखिएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.