हेटौँडामा दुई ईभी गाडीबाट १३८ किलोभन्दा बढी गाँजा बरामद, ६ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडामा सञ्चालन गरेको संयुक्त कारबाहीमा दुई फरक ईभी गाडीबाट १३८ किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गर्दै ६ जनालाई पक्राउ गरेको छ ।

हिजो भदौ १५ गते ४ः१५ बजे नेवारपानीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०२ ज ६५४९ नम्बरको ईभी गाडीलाई हेटौँडा उपमहानगरपालिका नम्वर ३, बसामाडी चौकी अगाडि रोकी चेकजाँच गरिएको थियो ।

गाडीको खानतलासी गर्दा ११२ किलो ७९० ग्राम गाँजा बरामद भएपछि काभ्रको पाँचखाल–८ का २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ–८ का २२ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस्तै, हिजै सोही स्थानबाट ४ः ५० बजेको समयमा अर्को ईभी गाडी, बा.प्र.०६–००१ ज ०५०३ नम्बरको यात्रुबाहक गाडी रोकी चेकजाँच गर्दा सो गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानको समाथबाट २६ किलो १० ग्राम गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

दुवै घटनाबाट जम्मा १३८ किलो ९०० ग्राम गाँजा र गाडीहरू नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामाथि लागुऔषध मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.