मकवानपुर । मकवानपुरको भीमफेदी बजार निवासी लालधर श्रेष्ठले स्थापना गरेको श्री गणेश मन्दीर १०० वर्ष पुरा भएको छ । समाजसेवी समेत रहेका उनले १९८२ सालमा उक्त मन्दिरको स्थापना गरेका हुन् ।
उक्त अवसरमा मकवानपुरस्थित लालधर फउण्डेशनले १०० वर्ष पुगेको उपलक्षमा भब्य पुजाआजासहित ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिने भएको छ । कार्यक्रम भोलि भाद्र १४ गते एक्का महायग्यबाट शुभारम्भ भई पुजा सम्पन्न गरिने हेटौडा निवासी बिजयलाल श्रेष्ठले बताए ।
हाल उक्त ईच्छाकामना गणेश मन्दिर भीमफेदी बजारको बिच भागमा अवस्थित छ । मन्दिर जिर्ण भएपछी स्थानीय समाजसेजी राजेस दास अमात्यको अध्यक्षतामा मन्दिर जिर्णोध्दार समिति गठन भएको हो ।
मन्दिर जिर्णोध्दार समितिले गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ को अनुदान बजेट दुई लाख रुपैयाँ र दाताहरुसंग सहयोग सकलन ३ लाख १७ हजार १ सय २६ रुपैयाँ गरी मन्दिर सुधार कार्य थालनी गरेको छ ।
मन्दिर पुर्ण जिर्णोध्दार निरन्तर रहने तथा रु ४ हजार ९ सय ९९ रुपैयाँभन्दा माथी सहयोग प्रदान गर्नेको दाताको नामावली शिलालेखमा उल्लेख गरिने बताएको छ । सहयोग संकलन भाद्र २१ गतेसम्म जारी रहने र भाद्र २२ गते गणेश जात्रा पर्बमा दातालाई सम्मान तथा प्रसंशा पत्र वितरण गर्ने स्थानीय समाजसेजी राजेस दास अमात्यले बताए ।















