हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी–फर्पिङ जाने) सडकखण्ड अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ९:३० बजे माटो र ढुङ्गासहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको र जेसीभी चालकसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ। तर पहिरो अझै खसिरहेकाले तत्काल सडक खुलाउन कठिनाइ भएको प्रहरीले जनाएको छ।
उक्त स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।
प्रतिकृया दिनुहोस्















