आलु दाइको ‘आईफोन बोकेर’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

2048,1152,0,0.45,-1

हेटौंडा । सामाजिक सन्देश र हास्य प्रस्तुतिमा चर्चित हेटौंडा–१५ निवासी ‘आलु दाइ’ को नयाँ गीत ‘I PHONE BOKERA’ को भिडियो आज सार्वजनिक भएको छ। इन्द्रमान आत्माको उपनाम ‘आलु दाइ’ बाट परिचित उनको यो गीत युटुबमा रिलिज भएसँगै दर्शकहरूको व्यापक सकारात्मक प्रतिक्रिया आइरहेको छ।

Everest Phones (USA) र Easy Mobile (Dubai) को प्रस्तुति रहेको यस गीतलाई JUST 4 YOU को सहयोगमा निर्माण गरिएको हो। आफ्नै आलु दाइ युटुप च्यानलबाट सार्वजनिक गरिएको यस भिडियोमा आलु दाइ र स्मृति थिङ कलाकारको रूपमा देखिएका छन्।

‘आईफोन बोक्ने’ युवापुस्ताको शैली र ग्रामीण परिवेशबीचको हास्यरसात्मक द्वन्द्वलाई चित्रण गर्ने यस गीतको निर्देशन आलु दाइ र नक्काले प्रेम स्याङ्तानले संयुक्त रुपमा गरेका छन्। क्यामेरा र सम्पादनको काम पनि नक्काले प्रेम स्याङ्तानले नै गरेका छन्।

गीत र संगीत आलु दाइकै रहेको यस गीतमा दीपा तामाङसँग मिलेर स्वर दिएका छन्। सङ्गीत संयोजन निरोज चौधरीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ हेटौंडा लिंक रेकर्डिङ स्टुडियोमा गरिएको छ।

गीतको टिजर सार्वजनिक भएपछि दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। आज पूर्ण भिडियो रिलिज भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। आलु दाइले यस गीतमार्फत मनोरञ्जनसहित समाजको यथार्थ पक्ष उजागर गर्न खोजेको बताएका छन्।

‘आलु हरायो’, ‘ए सरकार रोजगार दे’, ‘तिम्रो बुढी बिदेशमा हो’ लगायत ५ वटा चर्चित गीतहरुबाट अपार सफलता पाइसकेका आलु दाइले यस नयाँ गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.