बागमती प्रदेश पूर्ण खोप सुनिश्चित घोषित

बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा तथा बागमती डिजिटल हेल्थ सेवा शुभारम्भ कार्यक्रम भक्तपुर, १६ साउनः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा भक्तपुरमा आयोजित बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा तथा बागमती डिजिटल हेल्थ सेवा शुभारम्भ कार्यक्रममा सहभागी हुनुहुँुदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

हेटौँडा । बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषित भएको छ । हिजो शुक्रबार प्रदेशको भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमबीच प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।

सो क्रममा बोल्दै उनले प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए । प्रधानमन्त्री ओलील समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको जानकारी दिए । उनले नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्नेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार आएको जिकिर गरे । उनले जनताको इच्छा, आकांक्षा अनुसार कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गरे । स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा आफूहरुले प्रमाणित गरेको बताउँदै मुख्यमन्त्री लामाले स्वस्थ भएर मात्रै सबै काम गर्न सकिने बताए ।

बागमती प्रदेशमा २०८२ असार ३० गतेसम्ममा १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.