लुइसियाना । अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा कार दुर्घटना हुँदा दुई जना नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन् ।
दुवै जना नेपालका नागरिक रहेको भनिएपनि उनीहरुको नेपालको ठेगाना नखुलेको लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारमा उल्लेख छ ।
उक्त समाचार अनुसार, असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परेर यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।
कारमा सवार अन्य दुई जना भने घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । –एजेन्सी
प्रतिकृया दिनुहोस्

















