राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

file-photo

हेटौंडा ।  मकवानपुरको राक्सिराङ गाउँपालिका–८ मेशिराङमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्।

शुक्रबार बेलुकी करिब ५:३० बजे पानीसँगै परेको चट्याङले युनुस प्रजाको घरमा बसेकी उनकी श्रीमती र छोरीलाई लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चट्याङ लाग्दा २६/२७ वर्षीया रविना प्रजा सामान्य घाइते भएकी छन् भने ७ वर्षीया छोरी युनिका प्रजा गम्भीर घाइते भएकी थिइन्। तत्कालै घाइते युनिकालाई उनका काका आर्यन प्रजाले मनहरी अस्पताल लगेका थिए। तर उपचारको क्रममा राति ८:५२ बजे युनिकाको मृत्यु भएको जिल्लाले जनाएको छ।

सामान्य घाइते रविना प्रजालाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। यस्तै, प्रहरीका अनुसार मृतक युनिकाको शव पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.