मकवानपुरको बेतिनीमा खुर्पा प्रहारबाट एकको मृत्यु, अभियुक्त प्रहरीको नियन्त्रणमा

file-photo

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा शनिबार बिहान धारिलो हतियारको प्रहारबाट एक पुरुषको ज्यान गएको छ। बिहान करिब ५ बजे सोही ठाउँस्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले राम ब. वाईवालाई खुर्पाले घाँटीमा प्रहार गरेका थिए।

घाइते भएका वाईवालाई तत्काल नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो। तर, बिहान ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय फापरवारीका अनुसार घटनाबारे बिहान ६:३० बजे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। निजगढ नगरपालिका–३, सिंगोल निवासी ३५ वर्षीय थापालाई नियन्त्रणमा लिइएको छ। उनले घटनापछि “नजिक कोही आयो भने मारिदिन्छु” भनेर धम्कीसमेत दिएका थिए।

अनुसन्धानका लागि प्रहरी निरीक्षक पावल सिंह लामाको नेतृत्वमा ६ सदस्यीय टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.