मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यका लागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवतजावतमा दुई दिन रोक लगाइएको हो ।
त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर जानकारी दिएको हो ।
सडक डिभिजन कार्यालय, हेटौँडाको सिफारिसअनुसार सवारी आवतजावतमा रोक लगाइएको प्रशासनले जनाएको छ । यस अवधिमा यात्रु गाडी, मालवाहक सवारी तथा अन्य साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा मर्मत सकिएपछि मात्रै यात्रा तय गर्न आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्

















