हेटौंडामा करेन्ट लागेर एक मजदुरको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा रहेको तारा फाइबर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ।

भारत बिहार राज्य अन्तर्गत पूर्वी चम्पारणका ४० वर्षीय भुषण बैठा बुधबार दिउँसो करिब २ बजे तारा फाइबर उद्योगमा करेन्ट लागेर ज्यान गुमाएका हुन्। उद्योग नजिकैको सोनो खोल्साबाट मोटर प्रयोग गरी पानी तान्ने क्रममा पानी नआएपछि समस्या के हो भनेर जाँच गर्ने क्रममा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

शव हेटौंडा जिल्ला अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बैठा तारा फाइबर उद्योगमा हेड अपरेटरको रूपमा कार्यरत थिए।

उक्त उद्योग कमल सुवेदी, रमेश पौडेल र सुदर्शन बिडारीको संयुक्त लगानीमा सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.