हेटौँडा । बागमती प्रदेश सरकारले संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।
उनले पदमार्ग पहिचानः मकवानपुरगढी–सिन्धुलीगढी, कालिगण्डकी–कालिञ्चोक, गौरीघाट–गोसाइँकुण्ड, र रानीपोखरी–पाँचपोखरीजस्ता नयाँ पदमार्ग पहिचान गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

















