अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सुचारु भएको छ ।

शुक्रबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त सडकखण्ड आज बिहानबाट सुचारु आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.