मकवानपुर । मकवानपुर प्रहरीले १०१ किलो ३१० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, स्थित गढीबाट धापतर्फ जाने बाटोमा रहेको धबोडी खोल्साको होमपाईपभित्र लुकाइछिपाइ राखेको उक्त परिणामको गाँजा बरामद भएको मकवानपुर प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मंगलबार साँझ ६ बजेको समयमा होमपाईपभित्र शंकास्पद वस्तु रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलिले सुरक्षाजाँच गर्दा रातो प्लाष्टिकले बेरेर पोको पारी होमपाईप भित्र लुकाई छिपाई राखेको अवस्थामा सो परिणामको गाँजा बरामद गरेको हो ।
लुकाईछिपाई राख्ने व्यक्तिको पहिचान हुन नसकेकोले खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रतिकृया दिनुहोस्














