हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४ मा अवस्थित बाघभैरव आधारभूत विद्यालयको निमित्त प्रधानाध्यापकका रूपमा सरिता माझी नियुक्त भएकी छन्।
शिक्षा विकास तथा समन्वय इकाइ, मकवानपुरले आइतबार जारी गरेको पत्रका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णय र शिक्षक–कर्मचारीको बैठकको सहमतिअनुसार माझीलाई उक्त जिम्मेवारी दिइएको हो।
हाल विद्यालयमा तृतीय श्रेणीकी राहत शिक्षिका रहेका माझीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल बोम्जनले जानकारी दिए।
शिक्षा नियमावली २०७९ को नियम १२ को उपनियम १२ अनुसार विद्यालयको समुचित व्यवस्थापन सुनिश्चित गर्न उनी नियुक्त भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

प्रतिकृया दिनुहोस्














