हेटौंडा । ग्यास विक्रेता महासंघ नेपालमा मकवानपुरका ४ ग्यास व्यवसायी मनोनीत भएका छन् ।
महासंघको चैत्र ३१ गते आइतबार बसेको बैठकबाट मकवानपुरका मधुसूदन ढकाल सहकोषाध्यक्ष, रुपक बस्ताकोटी र रमेश प्रसाद कडेल केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।
त्यसैगरी मकवानपुर ग्यास व्यवसायी संघका पूर्व अध्यक्षसमेत रहेका दीलिस गोविन्द जोशीलाई केन्द्रीय सल्लाहकार सदस्यमा मनोनीत गरिएको छ ।
प्रतिकृया दिनुहोस्















