मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको हो ।
उक्त बैठकमा संसद्मा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको सभामुख पाठकले बताए ।
यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, २४ मा एक र २६ मा २ वटा बैठकहरू बसेको थियो ।सो पश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिना पछि आज बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

















