म्यान मकवानपुरका विज्ञ सल्लाहकारमा विवेक आनन्द नियुक्त

हेटौंडा । मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको विज्ञ सल्लाहकारमा विवेक आनन्द न्यौपाने नियुक्त भएका छन् । म्यान मकवानपुरले आयोजना गरेको होली विशेष कार्यक्रमको अवसरमा न्यौपानेलाई विज्ञ सल्लाहकारको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष हरिप्रसाद न्यौपानेले उनलाई पत्र हस्तान्तरण गरेका हुन् । न्यौपानेले आफूलाई विज्ञ सल्लाहकारमा मनोनित गरेकोमा म्यान मकवानपुरलाई धन्यवाद ज्ञापन गरे । संस्थालाई आवश्यक पर्दा आफूले जाने बुझेसम्मको सरसल्लाह प्रदान गर्ने उनको भनाई थियो ।

कार्यक्रम संयोजक रामप्रसाद अधिकारीको संयोजकत्व एवम् म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मोबाइल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष छतेन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । विज्ञ सल्लाहकारको नियुक्तीले संस्थागत हितमा काम गर्न थप सहज हुने म्यान मकवानपुर अध्यक्ष न्यौपानेले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.