हेटौंडा । बकैया जेसिजले एकदिने नसर्ने रोग पहिचान शिविर आयोजना गरेको छ । बिहीवार जेसिजले बकैया गाउँपालिका–७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर आयोजना गरेको हो ।
बकैया गाउँपालिकाको समन्वयमा भएको उक्त शिविरमा १ सय ८४ जनाले सेवा लिए । जसमा ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको कार्यक्रम संयोजक आशिष बास्तोलाले जानकारी दिए ।
बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश फुयालको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा बकैया जेसिज कोषाध्यक्ष सुरज दुलाल, निवर्तमान अध्यक्ष सुसिल घिमिरे लगायत बकैया जेसिज सदस्यहरूको उपस्थिति थियो । कार्यक्रम बकैया जेसिज २०२५ अध्यक्ष शौभाग्य दुतराजको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्

















