महाशिवरात्रिमा हेटौंडा जेसीजको प्रसाद वितरण कार्यक्रम

हेटौंडा । हेटौंडा जेसीजले महाशिवरात्रिको प्रसाद वितरण कार्यक्रम आयोजना गरेको छ । बुधबार जेसीजले हेटौंडा जेसीजको सचिवालयमा महाशिवरात्रि २०८१ को अवसरमा प्रसाद वितरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहाकार एवम् वर्ष २००८ का शाखा अध्यक्ष सिनेटर कुश रिजालबाट पुजा आराधना गरि शिवधोनी प्रज्वलन गरिएको हेटौंडा जेसीज महासचिव संजय कुमार न्यौपानेले जानकारी दिए ।

राहुल दासको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष, अध्यक्ष तथा बोर्ड सल्लाहाकार, बोर्डका पदाधिकारी, सदस्य एवम् छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी लगायतबीच शुभकामना आदानप्रदान गरे । कार्यक्रम हेटौंडा जेसीज अध्यक्ष पंकज दास बांनियाको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.