मकवानपुर । मकवानपुरको २ वटा माविमा नेपाली कांग्रेसको विद्यार्थी विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संगठन विस्तार गरेको छ । संघले मंगलबार हेटौंडा १९ बस्तिपुरमा रहेको निर्मल माध्यामिक विद्यालय र मनहरी ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा इकाई समिति गठन गरेको हो ।
विद्यार्थी भेलाबाट महेन्द्र माविमा कुशल अधिकारीको नेतृत्वमा २१ सदस्यीय इकाई समिति गठन गरिएको नेवि संघका नेता बुद्ध लामा सिन्तानले जानकारी दिए । भेलाले उपाध्यक्षमा आर्यन यादव, सीता परियार, रितु तामाङ, सारा मुक्तान र सपना सुनार तथा सचिवमा दिनिपा सुवेदी, सहसचिवमा रुपेश न्यौपाने र कोषाध्यक्षमा प्रमिला थिङलाई चयन गरेको छ ।
यस्तै निर्मल माविमा भएको भेलाबाट हिमाल रानाभाटको नेतृत्वमा २१ सदस्यीय इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा समीक्षा बर्तौला, सुबास योन्जन, गौरी न्यौपाने, सोबिना मिजार र सुदिप थिङ, सचिवमा राममाया बल, सहसचिवमा विपना दोङ र कोषाध्यक्षमा रन्जिता थिङ सर्वसम्मत चयन भएका छन् । संघले मकवानपुरको अन्य स्थानीय तहमा रहेका विभिन्न मावि तथा क्याम्पसहरुमा इकाई गठन अभियानलाई तीव्र पारेको नेता सिन्ताले बताए ।

















