बकैयामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

हेटौंडा । बकैया गाउँपालिकामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपाल तामाङ घेदुङ बकैया ८ नम्बर वडा इकाईले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारको अवसरमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

बकैया ८ को मोरङ्गेमा स्थित टासी छ्योईदिलिङ गुम्बाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा करिब ५ हजार सहभागी थिए । गायन तथा नृत्य समावेश साँस्कृतिक कार्यक्रममा सेलो नृत्य प्रतियोगीता भएको थियो । कार्यक्रममा सानुमाया थोकर, अमिर लोप्चन, टंक थिङ र प्रदिब बज्यु लगायतको गायक गायीकाले आफ्नो प्रतुती दिए ।

यस्तै, कार्यक्रममा नाचेर गाएर मात्र ल्होछार नहुने बुझाईमा खेन्पो डिमा तामाङ लामाबाट बिहान ९ बजे देखी लामा विधि अनुसार पुजापाठ गरि १२ वटा ल्होको ग्रहशान्त गरिएको नेपाल तामाङ घेदुङ, बकैया–८ इकाई समिति अध्यक्ष सन्जय कुमार लोप्चनले जानकारी दिए । उनले ल्होछारमा दर्ज्यू, लुङ्दर र तामाङ पोषाक लगाएको देख्दा गर्व लाग्ने गरेको बताए ।

‘‘तामाङ समुदायले हाम्रो यो पर्वलाई दशैं तिहार जस्तै महत्व दिई ल्होछार पर्व कहिले भनेर सोध्नेहरुलाई यति गते हो भनेर भन्न सक्ने हुनुपपर्छ’’, उनले भने। उनले कार्यक्रमबाट बाँकी रहेको रकमले टासी छ्योईदिलिङ गुम्बा फलामे दर्ज्यु उपलब्ध गराउने प्रतिबद्धता समेत गरे ।

नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष कालू घलानको प्रमुख आतिथ्यता , नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका कार्यसमिति अध्यक्ष तथा बकैया ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्बा, बरिष्ट उपाध्यक्ष तथा बकैया २ नम्बर वडा अध्यक्ष विश्वराज स्याङ्तान र नेपाली कांग्रेस मकवानपुर सहसचिव ताराचन्द्र बजागाईंको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा घेदुङ बकैया पदाधिकारी तथा कार्यसमिती सदस्यहरु, बकैयाका वडा अध्यक्ष तथा वडा सदस्यहरु, विभिन्न तामाङ घेदुङका साँस्कृतिक भातृ संघ÷संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, अन्य सामाजिक संघ÷संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु र बुद्धिजिबी एवम् समाजसेवीहरुको उपथिती थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.