अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा यही माघ ३० गतेदेखि फागुन ७ गतेसम्म महायज्ञ हुन लागेको मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि. को संयुक्त आयोजनामा महायज्ञ हुन लागेको मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले जानकारी दिए । विशिष्ट अतिथि: प्रा.डा. विष्णुप्रसाद तिम्सिना, प्राचार्य (क्याम्पस प्रमुख) पशुपतिनाथ वेदाङ्ग विद्यापीठबाट माघ ३० गते विहान ७ बजे अङ्गारेश्वर मन्दिर परिसरमा कलश यात्रा गरिने तथा र दिउँसो १ बजे महायज्ञको समुद्घाटन हुने उनले बताए ।

नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको मूल भण्डारीले बताए । महायज्ञमा पण्डित श्री बद्रीविशाल शास्ती र पण्डित श्री दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्नेछन् । सो महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यस्तै, महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सहसंयोजक तथा प्रसाद व्यवस्थापनमा मिनप्रसाद दहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पुजा समितिमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमाः माया राना, सरसफाइ समितिमा ॐ प्रसाद अधिकारी र सामान खरिद समितिमा शमशेर पुडासैनीलाई संयोजक तोकिएको छ । महायज्ञको उद्घाटन समारोहमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद् दीपक बहादुर सिंह लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेसमेत आयोजक समितिले जनाएको छ । महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहनेसमेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.