हेटौंडा । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति मकवानपुरको वक्तृत्वकला प्रतियोगिता समन्न भएको छ । आइतबार घेदुङले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा वक्तव्यकला प्रतियोगिता आयोजना गरेको हो । ‘
तामाङ संस्कृति र सोनाम ल्होछार’ विषयक प्रतियोगितामा ७ प्रतियोगी बीच प्रतियोगिता भएको नेपाल तामाङ विद्यार्थी घेदुङ मकवानपुर कोषाध्यक्ष कुमार घिसिङले जानकारी दिए । जसमा प्रथम, द्वितीय र तृतीय क्रमश: सुनिल न्यौपाने, प्रीयान्सु पोख्रेल र धिरज कुमार यादव भए । प्रतियोगितामा विजेतालाई मेडल र प्रमाण पत्रसहित प्रथम पुरस्कार नगद रु. पाँच हजार, द्वितीय पुरस्कार रु, तीन हजार र तृतीय पुरस्कार रु. दुई हजार हस्तान्तरण गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलान, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष कालू घलानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रीय सदस्य दिपक वाईबा, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य राजेन्द्र मोक्तान, निर्णायकद्वय पुरुषोत्तम आचर्य, दिपक कुमार मिश्र र मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सहसचिव सुवास तामाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रम विद्यार्थी घेदुङ जिल्ला अध्यक्ष छोइसाङ स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न भयो ।

















