रेडियो मकवानपुरको स्वास्थ्य शिविरमा १४४ ले लिए सेवा

हेटौंडा । रेडियो मकवानपुरले मकवानपुरगढी ४ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले सेवा लिएका छन् । रेडियोको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरगढी ४ को ठेकीचोकमा आयोजित स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य परीक्ष्ण गरेका हुन् ।

हेटौंडा ६ मा रहेको सिद्धस्थली ग्रामीण अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर भएको हो । शिविरमा विशेषगरी प्रेसर र सुगरका बिरामीको परीक्षण गरिएको थियो । अन्य विरामीले समेत आफ्नो स्वास्थ्य जाँच गराएका थिए । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका व्यवस्थापक गोमा गौतम, स्थानीय समाजसेवी सर्कलाल लो, रेडियो मकवानपुरका पोष्टराज अधिकारी कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सामुदायिक रेडियो हुनुको कर्तव्य पूरा गर्ने क्रममा प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पराजुलीको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनले बताए । अस्पतालका व्यवस्थापक गौतमले रेडियोसँग सहकार्य गर्दै स्वास्थ्य शिविरको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताइन् ।

रेडियोले १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विविध कार्यक्रमको आयोजना गरिरहेको छ । आइतबार हेटौंडाको एक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण, २१ गते मिडिया कप फुट्सल प्रतियोगिता र २२ गते सामुदायिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रमको समापन रहेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.