हेटौंडा । विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी दुई दिवसीय तालिम शुक्रबारदेखि मनहरी–४ स्थित पशुपतिनाथ माविमा सुरु भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा तालिम सुरु भएको हो ।
पशुपतिनाथ माविमा भएको तालिममा कृष्ण पौडेल र बिवशजङ थापाले सहजीकरण गरिरहेका छन् । विद्यालयमा मनहरी–४ को सृजना प्रावि र चेपाङ प्राविका शिक्षक सहभागी भएका छन् ।
तालिम उद्घाटनका अवसरमा निवर्तमान प्रअ भानुभक्त आचार्यले विद्यालयमा कार्यरत शिक्षकका लागि विद्यार्थी मूल्याङ्कनमा समस्या आएको र तालिमले समस्या समाधान गर्ने बताए ।
प्रतिकृया दिनुहोस्

















