हेटौंडा । सर्बोतम संचिती बचत तथा ऋण सहकारी संस्थाले छैठौं स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, स्थित कमानेमा रहेको उक्त सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
मन्त्री श्रेष्ठले सहकारी स्थापनाको शुभकामना दिँदै सहकारी विकासको लागि आफुले र प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्लो समयमा सहकारीको नाममा विकृती फैलिरहेको भन्दै केही सकारीको कारणले गर्दा राम्रो काम गरिरहने सहकारी मर्कामा परेकोमा दुःख व्यक्त गरे ।
उनले उत्पादन गरिरहेको सहकारीलाई प्रोत्साहन गर्ने र लापरबार्ही गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए । उनले सहकारी मन्त्रालयबाट हुने काम अब छिट्टै डिजिटल प्रविधिमार्फत् ल्याउन लागेको बताए । उनले भने, ‘सहकारी मन्त्रालयको रजिस्टर कार्यालयमा भरिभराउ फाइल रहेको छ । एउटा फाइल खोज्न नै लामो समय लाग्छ । त्यसको अन्त्य गर्न अब छिट्टै डिजिटल सिस्टम ल्याउँदैछौं ।’
कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, वडा नम्वर ८ का वडाध्यक्ष रामकृष्ण थापा, ७ नम्वर वडाध्यक्ष दामोदर गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याललगायत विभिन्न सहकारीका अध्यक्षहरु, संस्थाका सल्लाहकारहरुको आतिथ्यता रहेको थियो ।
सो अवसरमा सहकारीले तोरीको तेल, नरिवलको तेल, पिना, फापर, कोदो, चनाको पिठोका साथै चियापत्ती, भटमास, विभिन्न दालका प्रकार, बेसार लगायत अन्य खाद्य वस्तुहरु आफ्नै उद्योगबाट उत्पादन गरि बिक्रीको लागि राखिएको थियो ।
सोही अवसरमा संस्थाका अध्यक्ष बस्नेतले संस्थाको दीगो विकास र भावी कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गरिनुका साथै संस्थाको इतिहास झल्किने भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न विधामा शेयर सदस्य सदस्यहरुलाई सम्मान गरेको छ ।
सहकारीले सक्रिय समूहतर्फ सक्रिय सर्वोत्तम समूह, अधिक बचत गर्ने समूहतर्फ भावना सर्वोत्तम समूह, धेरै अनुदान प्राप्त गर्ने समूहतर्फ कालिका सर्वोत्तम समूह, अनुशासित समूहतर्फ रानी दरवार सर्वोत्तम समूहलाई सम्मान गरेको हो ।
त्यस्तै, अधिक मासिक बचततर्फ कृष्णबहादुर भुर्तेल, अधिक बालबचततर्फ सम्भवी श्रेष्ठ, अधिक आवधिक राधिका पौडेल र लक्ष्मण विष्ठ, अधिक शेयर खरिदतर्फ अमृत लामिछाने जेष्ठ सदस्यतर्फ वेदप्रसाद दुलाल, असल ऋणीतर्फ सन्तमाया गोले, विद्यार्थीतर्फ एन्जिला थापालाई सम्मान गरिएको थियो ।
यसैगरी, सहकारीले लामो समयदेखी सेवारत कर्मचारीहरु लक्ष्मी ढुङ्गाना, शर्मिला मोक्तान र लक्ष्मी सिंखडा, संस्थामा सेवागरी योगदान दिनुहुने कर्मचारीहरुलाई विदाईतर्फ अविनाथ मल्ल, वेदबहादुर दनै र रवि सुवेदीलाई विदाई सम्मान गरिएको थियो ।

















