बकैया जेसीज अध्यक्षमा दुतराज पदस्थापित

हेटौंडा । बकैया जेसीज वर्ष सन् २०२५ को अध्यक्षमा सौभाग्य दुतराज पदस्थापित भएका छन् । बुधबार भएको जेसीजको तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट उनी अध्यक्षमा पदस्थापित भएका हुन् ।

बकैया जेसीज वर्ष सन् २०२४ का अध्यक्ष सुशील घिमिरेले दुतराजलाई अध्यक्षको माला हस्तान्तरण गरेका हुन् । अध्यक्षमा पदस्थापित भएका दुतराजले तालिम तथा सामाजिक कार्यमार्फत आफ्नो कार्यकाल नमूनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कानुनी सल्लाहकार अमोद बस्नेत, महासचिवमा सरोज ढुंगेल, कोषाध्यक्ष सुरज दुलाल, सचिव शिव बोलखे, प्रकरण निर्देशक सुनिल राउत, शाखा सम्पादक यादव चौलागाईंलाई मनोनित गरेका छन् ।

यस्तै उनले अध्यक्ष सल्लाहकार रमेश फुयाँल, लक्ष्मी जिम्बा, उद्धव सत्याल, विमल नेपाल, प्रविण मैनाली, शंकर राउत तथा बोर्ड सल्लाहकारमा दीपकराज मिश्र, बासु न्यौपाने, प्रतिमा श्रेष्ठ, अरुणकुमार दाहाल, र प्रेमप्रसाद वोलखेलाई मनोनित गरेका छन् । जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा बिबेक बोलखे र आशिष बास्तोला तथा उपाध्यक्षमा बिष्णु घिमिरे, रोजित लामिछाने, समीर कार्की र सुनिल भोम्जन निर्वाचित भएका थिए ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा नेपाल जेसीजका निरुपित उपाध्यक्ष सुजन थापा काजी, हेटौंडा जेसीजका अध्यक्ष पंकज दास बनियाँ, संस्थापक अध्यक्ष रमेश फुयाँललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.