सोनाम ल्होछारको अवसरमा तामाङ संघको शुभकामना आदानप्रदान कार्यक्रम

हेटौंडा । नेपाली काँग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघले बुधबार तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाली कांग्रेस मकवानपुरको प्रांगणमा आयोजित कार्यक्रममा नेता कार्यकर्ता विच शुभकामना आदानप्रदान गरिएको संघका सचिव बगानसिं थिङले जानकारी दिए ।

नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य चम्पुरत्न लामाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, नेपाली काँग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, पार्टी सचिव भिमसेन महत, पार्टी प्रवक्ता अर्जुन चौलागाईं, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मकवानपुर अध्यक्ष पदम तितुङ, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला सदस्य कालू घलान, पार्टी जिल्ला सदस्यहरु राजकुमार गोले, राजकुमार वाईबा, दिपक तिवारी र विरोध मोक्तान, नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, नेपाल तामाङ संघ हेटौंडा उपमहानगर अध्यक्ष रोशन गोले तामाङ, मकवानपुरगढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रीन तथा पार्टी नेता कार्यकर्ता लगायतको उपस्थिति थियो।

कार्यक्रम संघका जिल्ला अध्यक्ष हरी मोक्तानको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.