भुटनदेवी माविका विद्यार्थीद्वारा मामाघरलाई सहयोग

हेटौंडा । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थीले मामाघर नेपाल संस्थालाई आर्थिक सहयोग गरेका छन् । बुधबार बिद्यालयमा आयोजित एक समारोहका बीच आर्थिक सहयोग गरेका हुन् ।

चितवनको सौराहामा एक दिने शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रमबाट बचाएको रकम संस्थालाईको हस्तान्तरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल र विद्यार्थीहरुले ८ हजार २३० रुपैयाँ नगद मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।

हेटौंडा ११ डाङ्डुङ्गेमा रहेको मामाघर नेपालले सडक बालकहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको छ । यो संस्था करिब एक दशक अघि देखि सक्रिय रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.