सागरपथ टोविसको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सागरपथ टोल विकास संस्थाको अध्यक्षमा पुनः सूर्यबहादुर थिङ चयन भएका छन् । बिहिवार संस्थाको तेस्रो अधिवेशन तथा चौथो वार्षिक साधारण सभाबाट थिङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्ष पदमा नरेन्द्र लोप्चन, सचिवमा बुध्दिनाथ न्यौपाने, सहसचिवमा अशोक थिङ र कोषाध्यक्षमा अमिर लामा लगायतको पदाधिकारी चयन भएका छन् । यस्तै सदस्य पदमा शुक्र बहादुर बिक, जुना डिम्डुङ्ग, पन्चमाया घलान, बिमला रानामगर, सागर सुनार र हरिलाल सुनार लगायतको चयन भएका हुन् ।

हेटौंडा उपमहानगर पालिका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा ११ नम्बर वडाध्यक्ष जुना दाहाल, टोलविकास संस्था नगर समन्वय समिति उपमहासचिव देवकुमार श्रेष्ठ, हेटौंडा ११ नम्बर वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, सिमल्टार टोलविकास संस्था अध्यक्ष सूर्यमान लामा र तल्लो थानाभर्याङ्ग टोलविकास संस्था अध्यक्ष सम्शेर बानियाँ लगायतको उपस्थिति थियो । कार्यक्रम संस्थाका अध्यक्ष थिङको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.