मनहरीमा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । बुधबार बिहान ०८:३० बजे मनहरी-६ लोथरमा चितवनको राप्ती नगरपालिका १ नम्बर वडा दुबिचौरकी ७० वर्षीय दिलमाया स्याङ्तान गैंडाको आक्रमणबाट घाइते भएकी हुन् ।

लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काटन तथा गोबर टिप्न आएकी स्याङ्तान गैंडाको आक्रमणमा परेकी हुन्

घटनास्थल आसपासमा रहेका स्थानियहरुले हो-हल्ला गरेपश्चात गैंडा जंगल तर्फ भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

हात, शरिर र निधारमा चोट लागेको घाइते एस्याङ्तानको उपचारको लागी चितवन तर्फ पठाइएको र उपचारमा आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.