हेटौंडामा मदिरा सेवन गरेर चक्कु प्रहार, आफ्नै आमासहित ४ जना घाइते

हेटौंडा । हेटौंडामा मदिरा सेवन गरेर चक्कु प्रहार गर्दा ४ जना घाइते भएका छन्। आइतबार बेलुका ८ बजे हेटौंडा ११ शान्ति टोलका अमित कोईरालाले मदिरा सेवन गरि चक्कु प्रहार गर्दा आफ्नै आमा र छिमेकी सहित ४ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चक्कु प्रहार गर्ने स्थानीय दामोदर कोईरालाको छोरा अन्दाजी ३० वर्षीय अमित कोईरालालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

आफ्नै आमा तथा छिमकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गरी घाईते बनाएको कुटपिटमा संलग्न अमित कोईरालालाई चक्कु सहित नियन्त्रणमा लिईएको घाईतेहरुलाई उपचारको लागी हेटौडा अस्पताल पठाएको, अबस्था सामान्य रहेको ।

टाउकोमा चोट लागेर घाइते हुनेमा आफ्नै आमा ५० वर्षीय शान्ता कोईरालाको हेटौंडा अस्पतालमा उपचार पश्चात डिष्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।

यस्तै, बाँया हातमा चोट लालेर घाइते भएकी १६ वर्षीय छिमेकी सबिना पौडेल, बाँया हात र छातीमा चोट लागेर घाइते भएका छिमेकी ५२ वर्षीय कृष्ण पौडेल र घाटीमा चोट लागेर घाइते भएका हरि बिडारीको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हेटौंडा अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.