गोले समाज मकवानपुरको जिल्ला अधिवेशन हुने

हेटौंडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको जिल्ला अधिवेशन हुने भएको छ। समाजको हेटौंडामा तेस्रो जिल्ला अधिवेशन हुने भएको हो।

१९ पौषमा अधिवेशन बारे छलफलसँगै सम्मान कार्यक्रम सहित विशेष बैठक बसिने समाजका जिल्ला सचीव रोशन गोले तामाङले जानकारी दिएका छन् । जिल्ला पदाधिकारी, कार्यसमिति सदस्य, केन्द्रिय सदस्य र सरोकारवालाको उपस्थितिमा विशेष बैठक बसेर अधिवेशनको मिति तोकिने उनले बताए।

अधिवेशनमा समाजको सातौं राष्ट्रिय भेलाबाट मकवानपुरका निर्वाचित केन्द्रिय सदस्यलाई सम्मान गरिने उनले बताए । सो बैठक समाज जिल्ला अध्यक्ष राजकुमार गोले तामाङको अध्यक्षतामा बसिनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.