हेटौंडा । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाई समितिले ‘प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम’ आयोजना गरेको छ । संघले बुधवार संस्थानको सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ प्रतिनिधि नारायण तिवारी, त्रिवि वविअसं हेटौंडा स्ववियु सभपती दिपेन्द्र कँडेल,नेविसंघ वन विज्ञान सङ्काय सभापती अस्मित घिमिरे, प्रजातान्त्रिक कर्मचारी संघ क्याम्पस सभापती सन्तोष लामा, इकाई निवर्तमान सभापती ऋषिराम रेग्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रम इकाई सभापती आमोश सिंह ठकुरीको सभाध्यक्षतामा सम्पन्न भयो ।
प्रतिकृया दिनुहोस्

















