प्रदेश लिगलाई निको अस्पतालको निःशुल्क सेवा

हेटौंडा । हेटौंडामा जारी वागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको लिग च्याम्पियन टोलीले काभ्रेको लिग च्याम्पियनलाई ३–० गोलअन्तरले पराजित गरेको छ । अस्पतालका सञ्चालक सुधिर दाहालले खेलकुद क्षेत्रमा निको अस्पतालले विगतको समयमा पनि सहयोग गरिरहेको स्मरण गरे । ‘हाम्रो पनि सामाजिक उत्तरदायित्व हुन्छ । सोही अनुसार अस्पतालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।’, दाहालले भने ।

अस्पताल हेटौंडा–२ स्थित हेडम्बी हाइटमा रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.