हेटौंडामा दोस्रो कमाने महोत्सव हुने

हेटौंडा । हेटौंडामा ‘दोस्रो कमाने महोत्सव-२०८१’ हुने भएको छ। हेटौडा-८, कमानेमा ११, १२ र १३ पुषमा ‘दोस्रो कमाने महोत्सब-२०८१’ आयोजना गर्न लागेको हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।

वडाको चालु आर्थिक वर्षको कार्यक्रम अर्न्तगतको ‘स्थानिय पर्यटन, स्थानिय सांस्कृतिक प्रवद्वन, स्थानिय व्यापार प्रदर्शनी’ मुल नाराका साथ वडा भित्रका स्थानिय कला सांस्कृतिक पहिचान र व्यापार, व्यवसाय प्रदर्शनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने भएको आयोजकले जनाएको छ।

वडाको १९ वटै टोल विकास संस्थाका पदाधिकारी एवम सदस्यहरुले वडा बाट लिएको तालिम तथा सिपलाई सदुपयोग गरि वडा भित्रका पर्यटन तथा सांस्कृतिक पहिचानहरुलाई चिनाउने महोत्सवको समेत रहेको बताइएको छ।

यस्तै, आयोजकका अनुसार सानो उद्योगी तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण एवमं प्रदर्शनी गर्ने र सो प्रदर्शनीबाट १९ वटै टोल विकास संस्थाको उत्पादनले बजारमा आफ्नो पहिचान गराउन सक्ने महोत्सवको उद्देश्य रहेको छ।

महोत्सवको अवधीभर कमानेको मेनरोड निम चोक देखि पश्चिम अमरसिंह पथ सम्म सवारी साधनको विभिन्न विकल्प बनाइएको आयोजकको भनाई छ। यसैगरी स्थानिय जनप्रतिनिधि, स्थानिय राजनितिक दल, स्थानिय सघं/सस्थाको समेत सहमतिमा १ पुष, सोमबार भएको छलफल अनुसार ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको नेतृत्वमा २५ सदसीयत समिति गठन गरि ‘दोश्रो कमाने महोत्सव हेटौडा ८’ मुल समारोह समिति गठन गरिएको थियो।

महोत्सवबाट वडा भित्र रहेका विभिन्न सीप तथा व्यवसायहरुको पहिचान गराउने, महिला आमा समुहहरुले उत्पादन गरेका आफ्ना उत्पादन प्रदर्शन गर्न पाउने वडा अध्यक्ष थापाले बताए। महोत्सवले विभिन्न समयमा हेटौडा उपमहानगरपालिका बाट प्राप्त कृषि खेति तालिमहरुबाट सिकेका र उक्त सिपलाई आफ्नो आय आर्जनमा परिवर्तन गरेका उत्पादनलाई समेत प्रवद्वन गर्ने उनले बताए ।

उनका अनुसार महोत्सवबाट हेटौंडा ८ नम्बर वडाको प्रचार प्रसार समेत हुने यहाका स्थानिय उत्पादनलाई बजारसंग जोड्न सहयोग पुग्ने बताए। यस्तै, कार्यक्रमलाई थप आकर्षक बनाउन वडा मित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न सांस्कृतिक नृत्य कार्यक्रम पनि रहने र संगै वडा भित्र रहेका विभिन्न किसिमका खानाका परिकारहरु स्थानियले नै बनाएका खानाका स्टलहरु पनि समावेश गर्दा वडाका होटल व्यवसाय पनि आफ्नो पहिचान गर्न सक्ने उनको भनाई छ। ।

आयोजकले महोत्सव व्यवस्थापनमा ८ लाख ५० हजार खर्चको अनुमान गरिएको छ। जसमा महोत्सवको लागि वडा कार्यालयबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको र बांकी अपुग रकम स्थानीय निकाय र स्टल व्यवस्थापनबाट आएको रकमबाट पुर्ती गरिने आयोजकको भनाई छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.