बोल्दा बोल्दै अचानक ढलेर पदमपोखरीका थिङको मृत्यु

हेटौंडा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २२ नम्बर वडा स्थित क्विक ट्वान्टी होटलमा कार्यरत मकवानपुरका एक जनाको मृत्यु भएको छ। आइतबार बिहान १०:४५ बजे उक्त होटलमा कार्यरत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा पदमपोखरीका ५५ वर्षीय बिजय थिङको मृत्यु भएको हो।

साथिहरुसंग गफ गर्दा गर्दै उनी अचानक होटलको भुइँमा ढलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनलाई उपचारको लागी हेटौंडाको सिएमसी चुरेहिल अस्पताल ल्याइएको थियो । उनको बिहान ११:३० बजे उपचारको क्रममा मृत्यु भएको र शव सोही अस्पतालमा रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.