हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा डाँडाबाट लडेर एक जनाको मृत्यु भएको छ। शनिबार इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडाको पौवा स्थित डाडाँबाट लडेर ५० वर्षीय शर्मिला डिम्डुङको मृत्यु भएको हो।
मृतक डिमडुङ इन्द्रसरोवर गाउँपालिका ३ नम्बर वडा स्थित छुरिगाउँका चन्द्र बहादुर डिम्डुङगकी श्रीमती हुन्। कुलेखानीको लागी घरबाट निस्किएकी डिम्डुङ बेलुका सम्म घर नफर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
उनको आफन्तले खोजतलास गर्ने क्रममा पौवाको डाडाँबाट ५० फिट तल पौवाखोलामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्यै, घट्ना बारे आवस्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
प्रतिकृया दिनुहोस्















