हेटौंडा । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले यहाँको नारायणी लिफ्ट तथा खगेरी सिचाई व्यवस्थापन आयोजनालाई नियमित रुपमा संञ्चालन गर्ने गरि मन्त्रालयले काम गर्न तयार रहेको बताएका छन् । आज चितवनको कार्यालय निरिक्षण अनुगमन पछि बोल्दै उनले जनताको आयस्तरसंग जोडीएका आयोजनाहरुलाई नियमित रुपमा संञ्चालनमा ल्याउने गरी काम गर्न जरुरी रहेको बर्ताए ।
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यावस्थापन आयोजनालाई प्रभावकारी रुपमा संञ्चालनमा ल्याउन सके उत्पादन बढाएर चितवनको उत्पादनले अन्य जिल्लालाई समेत पु¥याउन सकीने उनले बताए । उनले भने “जनता संग प्रत्यक्ष सरोकार राख्ने योजना भएकाले नियमित संञ्चालन गरेर सेवा दिनु पर्छ भन्नेमा मन्त्रालय रहेको छ ।” यसको व्यवस्थापनका लागि यहाँका जनप्रतिनिधिहरु संगको परामर्श आबश्यक रहेको उनले बताए ।
सो अवसरमा बोल्दै मन्त्रालयका सचिव मोहन कुमार शाक्यले नियमित सिँचाईका लागि आबश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । योजना बनाएर जनताले सेवा पाउने काम गरौ हामी सहयोग गर्न तयार छौँ उनले भने । उनले मन्त्रालयबाट हुन सक्ने र गर्न सकिने काममा आफु सधै सकारात्मक भएको उहाँले बताए । उनले भने “नियमित सेवा दिन के गर्नुपर्छ योजना बनाएर ल्याउनुहोस् हामी काम गर्न तयार छौँ ।”
मन्त्रालयको सिँचाई महाशाखा प्रमुख मेघराज अवस्ती, नारायणी लिफ्ट सिचाई आयोजनाका अध्यक्ष पूर्ण वहादुर रानाभाट लगायतले दुबै सिँचाई आयोजनालाई नियमित संञ्चालन गर्न सके पश्चिम चितवनमा सिचाईको अभाव नहुने बताए । यस्तै, कार्यक्रममा कार्यालयका प्रमुख प्रकाश तिमल्सिनाले कार्यालयको अवस्था र अहिले भईरहेको कामका बारेमा प्रकाश पारेका थिए । मन्त्री खड्काले आजै पूर्बी चितवनमा रहेको भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खैरहनी र जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय भरतपुरको समेत निरिक्षण अनुगमन गरेका थिए । सो क्रममा उनले कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए।


















