हेटौंडा । १० केजि २५० ग्राम गाँजा सहित मनहरिका सहित २ जना पक्राउ परेका छन् ।
आइतबार विशेष सूचनाको आधारमा मनहरीको भलाद्मीचोक स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ५०३३ नं.को अटोलाई चेक जाँच गर्ने क्रममा अटोको सिट पछाडि लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिए ।
अटो चालक मनहरी–८ का २८ वर्षीय राम कुमार परियार र अटोमा सवार मनहरी–९ का ३६ वर्षीय रामकुमार स्याङबोलाई नियन्त्रणमा लिईएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

















