हेटौंडा १२ उपनिर्वाचन: कांग्रेस उम्मेदवार तिवारीले सार्वजनिक गरे चुनावी प्रतिवद्धता

हेटौंडा । आगामी संसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को अध्यक्ष पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारीले आफ्ना चुनावी एजेण्डाहरु अघि सारेका छन् । उनले निर्वाचन लक्षित गरेर नागरिकको सेवा तथा वडाको विकासका एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

उम्मेदवार तिवारीले उक्त एजेण्डाहरु प्राथमिकताका साथ पूरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा सक्रिय रहेका तिवारीले वृद्ध भत्ता घर घरमा वितरण गर्ने, घटना दर्ता सम्बन्धित स्थानबाटै गर्ने लगायतका एजेण्डाहरु अघि सारेका छन् ।

उनले खेल पूर्वाधार, मिनी रंगशाला, सडक, पार्क तथा नदी नियन्त्रण र तटबन्धनको योजनाहरुलाई प्रमुखताका साथ प्राथकितामा राखेका छन् । सेवा प्रवाहमा गुणस्तरियता तथा सहजतासंगै समग्र वडाको विकासमा भुमिका खेल्ने गरी नागरिकहरुसंगको अन्तिरक्रियाबाटै योजना छनौट र कार्यान्वयन गर्ने गरी अघि बढेको उनले बताए ।

उनका अनुसार उपनगरपालिका कायर्षलयसंग कम दुरीमा रहेको वडा भएपनि ग्रामिण भेग भएकाले विकास निर्माणलाई महत्वका साथ अघि बढाइको छ । नागरिकको आवश्यकता अनुुसार कृषि उत्पादन र व्यवसायिकतामा जोड्ने गरी वडाको योजना तयार गर्ने उनको भनाई छ । युवाहरु लक्षित गरी कृषि तथा व्यवसायिक कार्यक्रमहरु संचालन गर्न सबैसंग समन्वयात्मक भुमिका निर्वाह गर्ने उनले बताए ।

उम्मेदवार तिवारीले घरेलु उद्योग द्रुत गतिमा सञ्चालन गर्ने, मठ मन्दिर, गुम्वा तथा गिर्जा घरको संग्रहालयको उचित प्रवद्र्धन गर्ने, विद्यालयहरुमा शैक्षिक सुधार तथा अंग्रेजी माध्यमको शिक्षामा पनि जोड दिने, सहरी स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने तथा स्वास्थ्य चौकीमा तत्काल एक्स–रे मेशिनको व्यवस्था गर्ने, साताको एक पटक डाक्टरको सुविधा उपलब्ध गराउने लगायतका एजेण्डाहरु तिवारीले अघि बढाएका छन् ।

उनको एजेण्डाहरुमा वडा स्तरमा सहज रुपमा एम्बुलेन्सको सुविधा उपलब्ध गराउने, दुग्ध किसानहरुको मूल्य समयमै भुक्तानीको लागि पहल गर्ने, विद्युत लाईन स्तरोन्नति तथा पोल र बत्तीहरुको उचित व्यवस्थापन र सोलार बत्ती समेतको सेवा विस्तार गर्न पहल गर्ने, बुद्ध माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गर्ने, गोठदमार डिप बोरिङ्ग सिंचाई आयोजनाको व्यवस्था मिलाउने, तल्लो रमनटार खानेपानी टंकी निर्माण गरी खानेपानी वितरण गर्ने, गुप्तेश्वर क्षेत्र स्तरोन्नति तथा पर्यटन प्रवद्र्धन गर्ने, गोठदमार तटबन्धनलाई व्यवस्थित गरी बस्ती बचाउन पहल गर्ने, राप्तीखोलाबाट सिग्रेनी बस्तीसम्म लिफ्ट सिंचाईको वृहत् आयोजना सुरुवात गर्नको लागि पहल गर्ने, नापी भएका जग्गाहरूको धनी प्रमाण पुर्जाको लागि विशेष पहल गर्ने, बेलडाँडा मुनिको खेल मैदानको स्तरोन्नति गर्ने, महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याउने, वैदेशिक रोजगारका क्रममा विपद् परेकाहरूको उद्धारको लागि पहल गर्ने, मन्त्रे टोलदेखि सिन्तान टोलसम्मको सडक स्तरोन्नति गर्ने, लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालनको व्यवस्था गर्ने रहेका छन् ।

शान्ति सुरक्षाको लागि आवश्यकता अनुसार सिसि क्यामराको व्यवस्था गरी अनुगमन गर्ने, आवश्यकता अनुसार संस्कृत तथा तामाङ भाषाको अध्यापनको व्यवस्था गर्ने, बुद्धपार्क चौताराको स्तरोन्नति गर्ने, स्थानीय उद्योग प्रवद्र्धनको लागि स्थानीय मदिरा ब्राण्डिङ्गको लागि पहल गर्ने, शान्ति सुरक्षार्थ १२ नम्बर वडाको लागि स्थानीय प्रहरी चौकीको स्थापना गर्न पहल गर्ने, हात्तीगौडा खानेपानीको अनुगमन गरी महशुल घटाउने, अनलाइन शिक्षाको पूर्वाधार तयार गर्ने, थार्पालिङ्ग आग्रा काभ्रेली टोल गुम्बा स्तरोन्नति तथा प्रवद्र्धन गर्ने, आग्रा काभ्रेली टोल देखि मरणघाटसम्मको बाटो स्तरोन्नति गर्ने, शहिद स्मारक पार्कसँग समानान्तर हुने गरी १२ नम्बर वडा जोडिने पक्की पुल निर्माणको लागि पहल गर्ने, सिर्जनशील टोलबाट गुरौबिर्ता झोलुङ्गे पुल जोडिने सडक स्तरोन्नति तथा विस्तार गर्नको लागि पहल गर्ने, गुरु रेम्वोचे पार्क आग्रा काभ्रेलीको निर्माणको लागि पहल गर्ने, पान्तले कल्याणटार सडक विस्तार तथा स्तरोन्नति गर्न पहल गर्ने, वडाको विभिन्न विधाका खेलकुदको विकासको लागि पहल गर्ने, वडाको विभिन्न स्थानको मरणघाटको पहिचान गरी व्यवस्थित गर्न पहल गर्ने, आँपधाप देखि रमनटार पक्की पुल जोड्ने सडक स्तरोन्नति गर्न पहल गर्ने, गोठदमारदेखि हात्तीगौडा जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पहल गर्ने, बेलडाँडादेखि मनहरी १, चकरी जोड्ने सडक स्तरोन्नति गरी कालोपत्रे गर्न पहल गर्ने ।

गाँड खोल्सी कल्भट सडक निर्माण गर्न पहल गर्ने, वडाको सिमानामा नदी, खोल्साले असर गर्ने ठाउँहरुमा व्यवस्थित तटबन्धन निर्माणको लागि पहल गर्ने, वृहत् गुरौविर्ता राप्ती तटबन्धन गुरु योजना विस्तार गर्ने, चारघरे गुम्बा स्तरोन्नति तथा सडक निर्माण गर्ने, शहिद लखन थापा पार्क तथा गोपालेश्वर मन्दिर परिसर स्तरोन्नति गर्ने, शंखधर पार्कको स्तरोन्नति गर्ने, मन्दिर डाँडाबाट घट्टेदमार हुँदै सिद्धकाली मन्दिर जाने सडक स्तरोन्नति गर्ने, कोत्रा तटबन्धन योजना शुरुवात गर्ने, रियल स्टार खेलकुद मैदानलाई मिनी रंगशाल निर्माण गर्न पहल गर्ने लगायतका एजेण्डाहरु तिवारीको रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.