कमलडाँडामा आफ्नै कोठामा माझी मृत अवस्थामा फेला

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा एक जना आफ्नै कोठा भित्र मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान ०८:४५ बजेको समयमा हेटौंडा-४, कमलडाँडामा २९ वर्षीय ईन्द्र ब. माझी उर्फ भगवती (तेस्रो लिङ्गी) मृत अवस्थामा फेला परेका हुन्

उषा लामाको घरमा डेरामा बस्ने मृतक माझी सिन्धुपाल्चोकको इन्द्रावती ११ नम्बर वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.